काठमाडौं- हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई देशभरमध्ये एक पालिकामा अग्रता मिलेको छ। जनता प्रगतिशिलले रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा अग्रता बनाएको हो।
उक्त पालिकामा जनता प्रगतिशीलका अध्यक्षका उम्मेदवार गयाप्रसाद बरईले २२९९ मत पाएका छन्। उनका प्रतिश्पर्धी कांग्रेसका ज्ञानप्रकाश मिश्रले २२८० मत पाएका छन्।
यो स्थानमा सीके राउतको पार्टी जनमत पार्टीले उम्मेदवार बनाएको छ। जनमतका मुरलीधर कुर्मीले १३६५ मत पाएका छन्।
उपाध्यक्षमा भने जनमत पार्टी तेस्रो स्थानमा छ। कांग्रेसकी सुमन यादवले १५८५ मत पाउँदा दोस्रो स्थानमा रहेको लोसपाकी सुनिता कलवारले १२८३ र जनता प्रगतिशीलकी आशा सिंहले १२२४ मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।