धनगढी– अछाम सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले जित हासिल गरेको छ।
नेकपा एमालेले नगर प्रमुख उपप्रमुख सहित १० वडामा जित हासिल गरेको छ।
प्रमुखमा ५ हजार ७३७ मत ल्याएर एमालेका पदमबहादुर बोहरा निर्वाचित भएका छन्। उपप्रमुखमा पनि नेकपा एमालेकै संगीता कुमारी रावल ५ हजार ७१९ मत ल्याएर निर्वाचित भएकी छन्।
प्रमुखमा नेपाली कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका बमवहादुर रावलले ३ हजार ७५ मत प्राप्त गरे। १४ वडा रहेको यस नगरपालिकामा १० वडामा एमाले र ४ मा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।