धनगढी– कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन्।
नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। कांग्रेसका उम्मेदवार विरेन्द्रले १५ हजार ५०९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गोकर्णले ११ हजार २२४ मत प्राप्त गरेका हुन्।
यस्तै, उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार शारदा देवी रोकाया निर्वाचित भएकी छन्। उनले १० हजार ६७० मत प्राप्त गरिन्।
नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिएका थिए।
नगरपालिकामा सत्ता गठबन्धनबाट उपप्रमुखकी उम्मेदवार रतना कडायतले ९ हजार ९८३ मत प्राप्त गरेकी छन्। उनी निवर्तमान उपप्रमुख समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।