काठमाडौं– जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा उठेका राजु सिंह कठायत मेयरमा निर्वाचित भएका छन्।
कठायतले २ हजार ४०३ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धीका रुपमा देखिएका कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याएका छन्।
नगरपालिकाको उपप्रमुख पदमा भने कांग्रेसले जित निकालेको छ। कांग्रेसका उम्मेदवार राम देवी खड्का उपप्रमुखमा निर्वाचित भएकी छिन्। खड्काले २ हजार ७७६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भिम बहादुर थापाले १ हजार ६७६ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।