काठमाडौं– बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका कांग्रेस उम्मेदवार चेतराज बजाल नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका छन्।
बजाल ४ हजार ९७० मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका सुरतबहादुर सिंहले ३ हजार ४९९ मत प्राप्त गर्दै पराजित भएका छन्।
त्यस्तै, नगरपालिकाको उपप्रमुख पदमा पनि गठबन्धनकै जित भएको छ। गठबन्धनका लागि माओवादीका उम्मेदवार रतन बहादुर सिंह उपप्रमुख पदमा निर्वाचित भएका छन्।
उनले ४ हजार ६२७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धि रहेकी जमुना कुमारी चन्द (सिंह)ले भने ३ हजार ३९१ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।