काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनीमा मेयरमा जित हासिल गरेको छ। उपमेयर भने जसपाले जितेको छ।
मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले ६४०७ मत पाए। उनका निकटतम् पतिश्पर्धी जसपाका शैलेशकुमार साहले ६२४६ मत पाए।
उपमेयरमा भने जसपाका सरितादेवी यादव सिपालिया ६५१२ मतसहित विजयी भइन्। उनकी निकटतम् प्रतिश्पर्धी रहेकी जनमत पार्टीकी रेखादेवी मण्डलले ५९८२ मत पाइन्।
वडामा भने जनमत अधिकांशमा पराजित भयो। १४ वडामध्ये जनमत पार्टीले दुई वटामा मात्र जित हासिल गरेको छ। सात वटामा जसपा, चार वटामा माओवादी केन्द्र र एउटामा कांग्रेस विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।