तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरमा नेकपा एमालेका उम्मेदवारलाई प्रारम्भिक अग्रता मिलेको छ।
नगर प्रमुखमा एमालेका उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाएका छन्। सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ७०१ मत पाएका छन्।
उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरीले ७४१ मत पाएकी छन् भने समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।