लन्डन– बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने समाचारको अमेरिकाले स्वागत गरेको छ।
अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४ सय ४० बृटिस सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिएकी हुन्।
पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन् चुनौति थपिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतलाई थप सेना पठाउन आग्रह गरेका थिए।
बेलायतलाई गरिएको सो आग्रहपछि ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशको बैठकका क्रममा बेलायती प्रधानमन्त्री मेले सो प्रतिवद्धता व्यक्त गरेकी अधिकारीले जानकारी दिएका छन्।
उक्त निर्णयको अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको छ। विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको आग्रहमा बेलायतले सेना पठाउने भनी गरेको निर्णयको स्वागत गरेको बताइएको छ।
ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि मेले दिएकी समाचारमा जनाइएको छ।
यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या ११ सय पुग्ने बताइएको छ। हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।