• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

रोल्पाका सात स्थानीय तहमा माओवादीको जित, कांग्रेसको भागमा दुई पालिका 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३, २०७९  १८:०१
1140x725

काठमाडौं– रोल्पाका १० मध्ये एक स्थानीय तहको मत परिणाम आउन बाँकी हुँदा माओवादी केन्द्रले सर्वाधिक सात वटामा जित हासिल गरेको छ। कांग्रेसले दुई पालिकामा विजय हासिल गरेको छ।

अब त्रिवेणी गाउँपालिकाको मत परिणाम आउन बाँकी छ। माओवादी केन्द्रले थवाङ, परिवर्तन, माडी, लुङ्ग्री, सुनिल स्मृति र सुनछहरी गाउँपालिका तथा रोल्पा नगरपालिका जित हासिल गरेको छ। कांग्रेसले रुन्टीगढी र गंगादेव गाउँपालिकामा जित हात पारेको छ।

रोल्पाका तीन स्थानीय तहमा मात्र गठबन्धन भएको थियो। सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपालाई एमाले र कांग्रेसले समर्थन गरेको थियो। त्यस्तै, माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच तालमेल भएको थियो भने गंगादेव गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। 

गठबन्धन भएकामध्ये सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ। माओवादी केन्द्रका धनबहादुर पुन मगर ३ हजार ४३९ मतसहित निर्वाचित भएका छन्। गठबन्धनबाट स्वतन्त्र उम्मेदवार बनेका विप्लव नेतृत्वको नेकपाका पुस्तमन घर्तीमगर १५ सय २३ मतसहित पराजित भएका छन्। 

एमाले र कांग्रेसबीच तालमेल भएको माडी गाउँपालिकामा माओवादी केन्दै विजयी भएको छ। माओवादी केन्द्रका अमरसिंह घर्ती मगरले ३ हजार ८३० मतसहित जित हात पर्दा गठबन्धनका विजयकुमार घर्ती मगरले ३ हजार ३८१ मत पाए।

माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको गंगादेव गाउँपालिकामा माओवादीका वीरबहादुर खत्री पराजित भएका छन्। गाउँपालिका अध्यक्ष कांग्रेसका हरिबहादुर पुन २ हजार ५५७ मतसहित निर्वाचित भएका छन्। एमालेका रोशनकुमार वली २ हजार ४९९ मतसहित दोस्रो भए। 

रोल्पामा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले सात स्थानीय तहमै जित हात पारेको थियो। साबिकको सुवर्णावती गाउँपालिका (हाल सुनिल स्मृति गाउँपालिका), सुनछहरी गाउँपालिका, साबिकको सुकिदय गाउँपालिका (हाल गंगादेव गाउँपालिका), रोल्पा नगरपालिका, माडी गाउँपालिका, साबिकको दुईखोली गाउँपालिका (परिवर्तन गाउँपालिका) र थवाङ गाउँपालिकामा माओवादीले जित हासिल गरेको थियो। 

अघिल्लो पटक कांग्रेसले रोल्पाको एउटा मात्र स्थानीय तहमा जित हात पारेको थियो। कांग्रेसले लुङग्री गाउँपालिकामा जित्दा एमालेले दुई स्थानीय तह रुन्टिगढी र त्रिवेणी गाउँपालिकामा जित हात पारेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

रोल्पाका कुन स्थानीय तह कसको पोल्टोमा? 
सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा माओवादी केन्द्रका मणिराम बुढाथोकी निर्वाचित भएका छन्। उनले ६ हजार ६२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धिका रुपमा नेपाली कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३ हजार ८९३ मत प्राप्त गर्दै पराजित भएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जित भएको छ। उपाध्यक्षमा माओवादी केन्द्रकी मिना थापा ६ हजार ३७ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिस्पर्धी तेजकुमारी विष्टले ३४ सय मत पाएकी छिन्। 

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका ऋषि केशव बुढामगरले २ हजार १२२ मत ल्याएर निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दलजित रोकाले १ हजार ५०६ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगरले २ हजार १२२ मत प्राप्त गरेकी छिन्। निकटतम् प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४६८ मत प्राप्त गरेका छन्। 

परिवर्तन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढा मगरले ३ हजार ३११ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १२९ मत पाएका छन्। उपाध्यक्षमा माओवादीकै कालादेवी खत्रेनी ३ हजार ३८७ मत ल्याउँदै निर्वाचित हुँदा एमालेकी सपना रोका (घर्ती) मगरले २ हजार ३४८ मत प्राप्त गरिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माडी गाउँपालिकामा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले ३ हजार ८३९ मत पाएर अध्यक्षमा विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विजयकुमार घर्ती मगरले ३ हजार ३८१ मत प्राप्त गरे। उपाध्यक्षमा पनि माओवादीकै जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याएर विजयी भइन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कृष्णबहादुर विकले ३ हजार ३० मत ल्याए। 

उता रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुन ४ हजार ३९१ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गोविन्द पुन मगरले ३ हजार ७०८ मत पाएर उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसीले ४ हजार ४३७ मत पाएर विजयी हुँदा माओवादीकी हस्तमाली बाँठामगरले ३ हजार ६३६ मत प्राप्त गरिन्।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती)ले ७ हजार ६०३ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाए। उपमेयरमा माओवादी केन्द्रकै गिता आचार्यले ७ हजार ७४१ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गरिन्।
लुङग्री गाउँपालिकामा माओवादी केन्द्रका भरतकुमार थापाले ४ हजार ९३४ मत पाउँदा निकटतम् प्रतिश्पर्धी कांग्रेसका जनक खड्काले ४ हजार २९९ मत पाए। उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै जित भएको छ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिबहादुर पुन २ हजार ५५७ मतसहित विजयी हुँदा एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत पाए। गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसले नै जितेतको छ। 

सुनछहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जित हासिल गरेको छ। माओवादी केन्द्रका धनबहादुर पुन मगर ३ हजार ४३९ मतसहित निर्वाचित हुँदा गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका विप्लव नेतृत्वको नेकपाका पुस्तमन घर्तीमगर १५ सय २३ मतसहित पराजित भए। उपाध्यक्षमा पनि माओवादीकै ननकला घर्ती विजयी भइन्।

त्रिवेणी गाउँपालिकाको भने मतगणना जारी छ। हालसम्म यहाँ एमालेले अग्रता लिएको छ। ७ मध्ये ६ वटा वडाको मत गणना हुँदा एमालेका कर्णबहादुर बाँठामगर अग्रस्थानमा छन्। उनले ३ हजार ८९३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका रेशन पुन ३ हजार ७०८ मतसहित उनलाई पछ्याइरहेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्