काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ८९६ मतको अग्रता लिएका छन्।
कार्कीले पाँच हजार ५६५ मत पाएका छन् भने नेकपा (एमाले)का रामशरण ढुङ्गानाले ४ हजार ६६९ मत ल्याएका छन्। नगर प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का कृष्णहरि थापाले एक हजार ४६७ मत पाएका छन्। थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए। नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयालले ४२४ मत पाएका छन्।
यसैगरी, उपप्रमुखमा एमालेका शान्ता थापाले ५ हजार ४७७ मतका साथ अग्रता कायम गरेकी छन्। उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र)का भोला चापागाईंले ३ हजार १०० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।