काठमाडौं- विराटनगर महानगरपालिको पछिल्लो मतपरिणम अनुसार गठबन्धन तर्फका कांग्रेस उम्मेदवार नागेश कोइरालाले २ हजार २ सय ५२ मतले अग्रता लिएका छन्।
पछिल्ला अद्यावधिक परिणाम अनुसार कोइरालाले निरन्तर २ हजारमाथि मतले अग्रता लिएरहेका छन्।
उनले ९ हजार ८ सय ८२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी सागर थापाले ७ हजार ६ सय ३० मत प्राप्त गरेका छन्। थापा एमालेका मेयर पद उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।