काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। शुक्रबार भएको मतदानको मतगणना चलिरहँदा माओवादी केन्द्रकी रेनु दाहालले २७३ मतले अग्रता लिएकी छिन्।
अहिले २० हजार २ सय ८८ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ८ सय ७० मतसहित अगाडि छन्।
त्यस्तै एमालेका उम्मेदवार सुवेदीले ६ हजार ५ सय ९७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८१ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत पाएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।