काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा विजयी भएका छन्।
नेकपा माओवादीबाट उम्मेदवारी दिएका सापकोटा ११०७२ मतका साथ विजयी भएका हुन्। चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको थियो।
सापकोटाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६७८५ मत ल्याए।
यस्तै, नेपाली कांग्रेसका केशवराज गिरीले ६२४५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुन्तली ढुङ्गेलले ९०६ मत ल्याए।
यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा विजयी भइन्। उनले ९७२६ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बालकुमारी सापकोटाले ६८७७ मत ल्याइन् भने कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५६६० मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।