काठमाडौं– मतगणना स्थलमा दुई पक्षबीच विवाद हुँदा धनुषामा गोली चलेको छ। गोली चलाएको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
दुई थान पेस्तोल र १२ राउण्ड गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी तथा प्रवक्ता प्रदीप क्षेत्रीले नेपाल लाइभलाई बताए ।
धनुषाको नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवान पक्षबीच विवाद हुँदा गएराति गोली चलेको थियो। उनीहरु दाजुभाइ रहेको पाइएको छ।
गोली चल्दा ५० वर्षीय श्रीनारायण पासवान घाइते भएका छन्। मंगलबार बिहान भने हतियार प्रदर्शन गर्दै नाराबाजी गर्न थालेपछि ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी क्षेत्रीले बताए।
प्रहरी स्रोतका अनुसार चुनाव हार्ने निश्चित भएपछि हार्ने पक्षले विवाद गरेर गोली चलाएको हो। यसबारे थप अनुसन्धान भइरहेकाले अहिले केही बोल्न नमिल्ने डीएसपी क्षेत्रीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।