काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो मत अपडेट प्राप्त भएको छ। २६ हजार ३१९ मत गणना हुँदा एमालेबाट उपमेयरको उम्मेदवार भएकी सुनिता डंगोलले आफ्नो अग्रता कायमै राखेकी छन्।
पछिल्लो मत परिणाम अनुसार डंगोलले १०३१५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ३०४० मत पाएका छन्।
मेयरमा पनि बालेन शाहले अग्रता कायम राखेका छन्। आयोगले सार्वजनिक गरेको पछिल्लो औपचारिक तथ्यांकमा उनले १० हजार ३४ मत पाएका छन्।
त्यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ५ हजार ४४५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४७०७ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।