काठमाडौं– धादिङको गल्छी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमाले विजयी भएको छ।
नेकपा एमालेका उम्मेदवार केदारनाथ खतिवडा ७ हजार ३०९ मत ल्याएर निर्वाचित भएका हुन्।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका भाइकाजी तिवारी निर्वाचित भएका छन्। उनले ७ हजार ४९४ मत प्राप्त गरे भने नेकपा एमालेकी राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।