काठमाडौं– भरतपुर महानगरपालिकाको मतगणना रोचक भइरहेको छ। गणना सुरु भएदेखि नै उक्त महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीले एक अर्कालाई उछिन्ने क्रम चलिरहेको छ।
अहिले १९ हजार ३ सय ८३ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ५ सय २४ मतसहित अगाडि छन्।
त्यस्तै एमालेका उम्मेदवार सुवेदीले ६ हजार ३ सय २४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १८१ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ९३९ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार १७९ मत पाएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।