काठमाडौं– कञ्चनपुरको बेलौरीको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नेकपा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार पोतिलाल चौधरी प्रमुखमा निर्वाचित भएका हुन्।
उनी दोस्रो कार्यकालका लागि बेलौरीको प्रमुखमा निर्वाचित भएका हुन्। उनले ८ हजार ७८७ मत ल्याएर निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी कमला बोहराले ६ हजार ८०३ मत प्राप्त गरिन। नेपाली कांग्रेसका हरेन्द्र सिंह विष्टले ६ हजार ३१२ मत प्राप्त गरे।
नगर उपप्रमुखमा भने नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका उम्मेदवार जोगराम चौधरीले ७ हजार ५८३ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रका उम्मेदवार मन्जु शाहले ६ हजार ८३५ मत प्राप्त गरिन्। नेपाली कांग्रेसकी खिना भण्डारीले ६ हजार ६१३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।