काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अन्तिम मत परिणाममा सो पालिकामा एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष जितेका हुन्।
एमालेका मंगलसिह धामीले २९४९ मतसहित जित निकालेका हुन्। उनलाई पछ्याएका कांग्रेसका दिलीपसिंह बुढाथोकीले २३९६ मत पाएका थिए।
उपाध्यक्षमा माओवादी केन्द्रका विनोद सिंह कुँवरले २५१२ मतसहित जित निकालेका छन्। उनलाई पछ्याएका एमालेका चन्द्रादेवी कुँवरले २४९७ मत पाइन्।
यो गाउँपालिकामा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्र पनि पर्छन्। लामो समयदेखि भारतीय कब्जामा रहेको सो नेपाली भूमिलाई समेटेर नेपालले दुई वर्षअघि नक्सा अद्यावधिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।