काठमाडौं– हुम्लाको सिमकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला भाम रोकाया विजयी बनेका छन्।
विजय भण्डारीले २ हजार ८ सय ८२ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ९ सय ६९ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सुशीला भाम रोकायाले २ हजार ४ सय ६४ मत प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४ सय ५६ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।