काठमाडौं– मोरङको विराटनगर महानगरपालिका गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइराला र नेकपा एमालेका उम्मेदवार शिल्पा कार्कीले आफ्नो मतान्तरलाई बढाउँदै लगेका छन्।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले पछिल्लो मत परिणाम अनुसार ९ हजार मत प्राप्त गरेका छन्।
नेकपा एमालेका सागरकुमार थापाले ६ हजार ६६७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादव एमाले उम्मेदवार भन्दा ठूलो अन्तरमा पछि छन्।
एमाले उम्मेदवार कार्कीले ७ हजार ६४६ मत प्राप्त गर्दा यादवले भने ४ हजार ८४४ मत मात्रै प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।