• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजपा : संसदीय दलको नेता चयनमा सहमति कि चुनाव?

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०७५  १२:५५
1140x725

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार संसदीय दलको चयन गर्दैछ। निर्वाचन भएको लामो समय भइसक्दा पनि संसदीय दलको नेता चयन गर्न नसकेकोमा आलोचना भइरहेको बेला राजपाले दलको नेता चयन गर्न लागेको हो।

तर, दलको नेता चयनको प्रक्रियामा भने राजपामा फरक-फरक पक्ष देखिएको छ। सहमतिबाटै नेता टुंगो लगाउनुपर्छ भन्नेमा राजपामा दुई मत छैन। तर, त्यसरी चयन हुने नेताचाहिँ आफू वा आफ्नो पक्षको हुनुपर्नेमा स्पष्ट दुई धार छ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर आफैं संसदीय दलको नेता बन्न चाहेको र उनैलाई बनाउनुपर्ने उनी निकट नेताहरु बताउँछन्। 'उहाँ पार्टीको संयोजक पनि हुनुहुन्छ। पुरानो व्यक्ति पनि हुनुहुन्छ', राजपाका सांसद एकवाल मियाँ भन्छन्, 'मेरो विचारमा उहाँलाई नै नेता बनाउँदा राम्रो हुन्छ।'

ठाकुरको पक्षमा अरु तीनजना अध्यक्ष पनि छन्। महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झा संसदीय दलको नेताका लागि ठाकुरको पक्षमा उभिँदै आएका छन्।

तर, पार्टी अध्यक्षका रुपमा पछिल्लो समय प्रभावहीन बन्दै गएका ठाकुरलाई रोक्न अर्को पक्ष उत्तिकै सक्रिय छ। त्यसको नेतृत्व राजेन्द्र महतोले गरिरहेका छन्। र, उनलाई साथ दिइरहेका छन्, शरतसिंह भण्डारीले।

गत मंसिरमा सम्पन्न चुनावपछि राजपामा महतो हाबी भइरहेका छन्। उनी संसदका संख्याका कारण र ठाकुरको प्रभावहिनताका कारण पनि राजपाका निर्णयहरुमा हाबी भइरहेका छन्।

प्रतिनिधिसभामा हाल कायम रहेका राजपाका १६ (कुल १७ मध्ये रेशम चौधरीले सपथ लिन पाएका छैनन्) मध्ये महतोको पूर्व पार्टी 'सद्भावना पार्टी' पृष्ठभूमिका ६ जना सांसद छन्। उनलाई साथ दिएका अर्का नेता भण्डारीको पूर्व पार्टी 'राष्ट्रिय मधेस सद्भावना पार्टी' पृष्ठभूमिका दुई जना छन्। १६ सदस्य प्रतिनिधिसभामा यो पक्षको आधा मत पुग्छ।

महतोको प्रभावलाई राम्रोसँग नियालिरहेका ठाकुरले सहमतिमा मात्रै दलको नेता बन्न चाहेका छन्। पूर्व पार्टीमा आबद्धता हेर्ने हो भने आफू स्वयंसहित ठाकुरको पक्षमा ४, झाको पक्षमा २ जना सांसद छन्। साथै, महेन्द्र राय यादव तथा राजकिशोर यादव पनि थपिनेछन्। यसरी यो पक्षमा पनि ८ जना हुनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

'तर हामीले ठाकुर पक्षका केही सांसदलाई पनि हामीतिर ल्याइसकेका छौं', महतो–भण्डारी समीकरणका एकजना नेताले भने, 'हाम्रोतिर ११ वा १२ जना पुग्छ।'

संसदीय दल नेता चयनको मिति नजिकिँदै जाँदा ठाकुर र महतो नै अध्यक्षका लागि कसरत गरिरहेका छन्। 'ठाकुरजी र महतोजी नै हो अहिलेसम्मको आकांक्षी', मियाँले भने, 'तर सहमतिमा नेता चयन हुने सम्भावना बढी छ र त्यसो हुँदा ठाकुरकै सम्भावना बढी हुन्छ।'

आफूहरुले संसदीय दलको बैठकको बेलामा पनि सहमतिबाट नेता चयन गर्नुपर्ने सुझाब दिएको मियाँले बताए। 'महतोजी पनि सहमतिमा नेता चयन गर्न सहमत देखिनुभएको थियो', उनले भने।

शनिबारको संसदीय दलको बैठकबाट विधानलाई अन्तिम रुप दिएर नेता पनि चयन गरिनेछ। महतो पक्षका नेताहरु भने चुनाव हुनेमा ढुक्क देखिन्छन्। 'सहमतिबाट नेता चुनौं भन्नेमा त हामी पनि हौं नि। तर, त्यसरी कसलाई अध्यक्ष चुनिन्छ भन्ने मुख्य कुरा हो', महतो–भण्डारी समीकरणका ती नेताले भने, 'उनीहरु पनि छाड्दैनन्। हामीले पनि छाड्ने कुरा भएन। विकल्प भनेको चुनाव नै हो। त्यसैले चुनाव हुने सम्भावना ९९ प्रतिशत छ।'

महतोलाई बलियो देखिरहेको ठाकुर पक्ष भने सकेसम्म सहमतिमै जोड दिइरहेका छन्। चुनाव नै हुने स्थितिमा भने सो पक्षले दुईवटा रणनीति तयार गरिरहेको छ।

पहिलो रणनीति, विधानमा संसदीय दलको नेता चयनका लागि हुने चुनावमा राष्ट्रियसभाका सदस्यले पनि मत हाल्न पाउने व्यवस्था गर्ने। जुन अन्य पार्टीमा अभ्यासमा छैन।

'हामीले राष्ट्रियसभाका सदस्यले पनि मत दिन पाउनुपर्छ भनेका छौं', मियाँले भने, 'अन्य पार्टीमा धेरै सांसद भएकाले नहालेका हुन्। हाम्रोमा दुई जना मात्रै छन्। त्यसैले पनि चुनावमा मत दिन पाउनुपर्छ भनेका छौं।'

ठाकुर पक्षको यो रणनीतिले उनीहरुलाई केही बलियो बनाउनेछ। कारण, राष्ट्रियसभाका दुवै सदस्य ठाकुर पक्षका छन्।

राष्ट्रियसभा सदस्यले यसरी मत दिन पाउने प्रावधान संसदीय दलको विधानमा सुरुको प्रस्तावमा थियो। ठाकुर पक्षको जोडमै त्यो व्यवस्था राखेको बताइन्छ। पछि, महतो पक्षले त्यो व्यवस्था हटाएका थिए। तर, अन्तिममा फेरि मत दिने व्यवस्था राख्नका लागि ठाकुर पक्षले जोड गरिरहेका छन्।

दोस्रो रणनीति अनुसार, विधानमा राष्ट्रियसभा सदस्यले पनि मत दिन पाउने व्यवस्था गर्न सकिएन र चुनाव नै हुने स्थिति भयो भने ठाकुर पछि हट्नेछन्। त्यतिबेला अन्य नेतालाई महतोसँग चुनावमा भिडाउनेछन्। यस्तो अवस्थामा दुई यादव वा झामध्ये एकले महतोसँग चुनावी प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्