काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा हालसम्म ५ स्थानीय तहको अन्तिम नतिजा प्राप्त भएको छ। २ स्थानीय तहमा गणना चलिरहेको छ।
हालसम्म सार्वजनिक भएकामध्ये ३ पालिकामा नेपाली कांग्रेसले जितेको छ भने २ मा माओवादी केन्द्रले जितेको छ। गणना हुँदै गरेका पालिकामध्ये एउटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ भने अर्कोमा नेकपा माओवादीले अग्रता कायम गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मत हालेको क्षेत्र गन्याधुरामा नेपाली कांग्रेसले जित हात पारेको छ। उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट विद्रोह गरेका नेताहरुले बीपी कांग्रेसको नाममा नेकपा एमालेसँग तालमेल गर्दै करुवा निर्वाचन चिह्नमा निर्वाचन लडेका थिए।
प्रधानमन्त्री देउवा र प्रधानमन्त्रीपत्नि आरजु देउवाले करुवामा भोट नदिने कार्यकर्तालाई निर्देशन दिएकी थिइन्।
कुन नगरमा कस्तो अवस्था?
१.अजयमेरु गाउँपालिका
प्रमुख– उमेशप्रसाद भट्ट/माओवादी
उपप्रमुख– कलावती भाड/माओवादी केन्द्र
२.आलिताल गाउँपालिका
प्रमुख – शेरसिंह पार्की/माओवादी केन्द्र
उपप्रमुख–मैना कुमारी रावल/माओवादी केन्द्र
३.गन्याधुरा गाउँपालिका
प्रमुख– इन्द्रबहादुृर कार्की /कांग्रेस
उपप्रमुख– ज्ञानुकुमारी सेटी/कांग्रेस
४.नवदुर्गा गाउँपालिका
प्रमुख– लक्ष्मीप्रसाद अवस्थी/कांग्रेस
उपप्रमुख– निर्मलाकुमारी वोगटी/कांग्रेस
५.भागेश्वर गाउँपालिका
प्रमुख – हेमराज चटौत /नेपाली कांग्रेस
उपप्रमुख– पुष्पा ठकुराठी /नेपाली कांग्रेस
गणना भइरहेको
६.अमरगढी नगरपालिका
प्रमुख– डिल्लिराज जोशी/नेपाली कांग्रेस अग्रता
पछ्याउँदै हरिप्रसाद भट्ट विपि कांग्रेस
उपप्रमुख– पार्वती देवी झुकाल/कांग्रेस
पछ्याउँदै यज्ञराज अवस्थी /एमाले
७.परशुराम नगरपालिका
प्रमुख – शेरसिंह माल /माओवादी केन्द्र अग्रता
पछ्याउँदै भरत बडायर जोशी/कांग्रेस
उपप्रमुख– विमलाकुमारी बोहोरा/माओवादी अग्रता
पछ्याउँदै कलापतिदेवी बोहोरा /नेपाली कांग्रेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।