काठमाडौं– खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
एमालेकी कविता राईलाई पराजित गर्दै माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका हुन्। पालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।
विजयी राईले ३ हजार ७२८ मत ल्याउँदा एमालेकी राईले ३ हजार ६९० मत प्राप्त गरेकी थिइन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश राई ३ हजार ७६३ मत ल्याएर निर्वाचित भए भने नेकपा एमालेका राजनकुमार बञ्जाराले ३ हजार ३१० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।