काठमाडौं– धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका राजकुमार साह २ हजार २६२ मत ल्याएर निर्वाचित हुँदा लोसपाका जीबेन्द्र झाले २ हजार १६३ मत ल्याए।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै रामवती देवी मन्डलले २ हजार ४३० मत ल्याएर निर्वाचित भइन्। लोसपाकी रन्जिता देवी मन्डलले १ हजार ९०१ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।