एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'गोल्ड'को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘चढ गई है’ बोलको गीतमा अक्षयकुमार नसामा लठ्ठ छन् भने अभिनेत्री मौनी राय अक्षयको हालतप्रति हैरान देखिन्छिन्। नसामा झुमेका अक्षयकाे नृत्य रोमान्टिक छ।
बोल वायुको शब्द रहेको गोल्डको उक्त गीतमा सचिन जिगरको संगीत तथा गायक विशाल ददलानी र साचिको स्वर छ। गोल्डको यसअघि सार्वजनिक गीतले पनि दर्शकको राम्रो साथ पाएको छ।
भारतको राष्ट्रिय खेल हकीमा आधारित फिल्म गोल्डमा अक्षय कुमारसँग मौनी राय देखिएकी छिन्। फिल्म आगामी अगष्ट १५ बाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।