काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार शंकरप्रसाद उपाध्यायले २ हजार ९ सय १६ मत ल्याएर जित हात पारेका हुन्।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दिनेश चदाँरले २ हजार ५ सय ४० मत पाएका छन्।
त्यस्तै, उपमेयरमा नेकपा एमालेका महेन्द्रबहादुर शाहीले जितेका छन् । उनले २ हजार ७५९ मत पाए । उनका प्रतिस्पर्धी माअोवादी केन्द्रकी गीताकुमारी बलीले २ हजार ४ सय १५ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।