काठमाडौं– तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ।
अध्यक्षमा एमाले उम्मेदवार होमबहादुर थापा ४ हजार ३३१ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गंगाराम कुमालले ३ हजार ५५४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि नेकपा एमालेकै राधादेवी अधिकारीले ४ हजार ४८१ मत प्राप्त गरेकी छन् भने उनका निकटत प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले २ हजार ७४७ मत प्राप्त गरेका छन्।
यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।