काठमाडौं– गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
माओवादीका रमेश बाबु थापामगर ५ हजार ४७४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार मनोज कुमार जोशीले ४ हजार ११७ मत ल्याए भने जसपाका उम्मेदवार कल्पना थापाले २०० मत ल्याइन्।
उपाध्यक्षमा विजयी भएकी माओवादीकी इन्दिरा तिवारी ४ हजार ९९६ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मीला श्रेष्ठले ४ हजार ४३२ मत ल्याइन्। यस्तै, नेकपा एमालेकी लुना थापाले ३ हजार ३७८ र जसपाका मनोज श्रेष्ठले ९०१ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।