काठमाडौं– अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतले पछि पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याउँदा पन्थीले ७ हजार २ सय २४ मत पाए।
यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार इन्दिरा भुसाललाई २ सय ८४ मतले पछि पार्दै पन्थीले जित हात पारेकी हुन्। भुसालले ७ हजार २ सय मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।