धनगढी– बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा भने कांग्रेस उम्मेदवार विजयी भएका छन्।
माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर चन्द ३ हजार १० मत ल्याउँदै मेयरमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीश सिंह नायक २ हजार ३७६ मतमा सीमित भए। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार प्रेम बहादुर चन्दले २ हजार ३५५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण दत्त भट्टले ३१९ मत ल्याए।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा (बिष्ट) २ हजार ९२७ मत ल्याउँदै विजयी भइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत ल्याइन्। नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनिषा दयालले २ हजार १६३ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।