काठमाडौं– दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
अध्यक्षमा विजयी भएका कांग्रेस उम्मेदवार शरद कुमार बुढाथोकीले ३ हजार ९८० मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका ३ हजार १६७ मत ल्याए। नेकपा एमालेका उम्मेदवार कुलराज गिरीले २ हजार ९२२ मत ल्याए।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै धनापती देवी यादव ३ हजार ८३८ मत ल्याएर निर्वाचित भइन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३४८ मत ल्याइन्। नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।