काठमाडौं– ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका उम्मेदवार नेकपा एमालेका उम्मेदवारलाई ५५७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
माओवादी केन्द्रका उम्मेदवार विजयप्रकाश वनेमले २ हजार ६ सय ९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका राजनकुमार थत्लुङ्गले २ हजार ५२ मत ल्याए।
उपाध्यक्षमा नेपाली कांग्रेसका कमल कुमारी लिम्बू विजयी भएकी छन्। उनले २ हजार ५ सय ४१ मत ल्याइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी कौशिला थक्लुङ लिम्बूले २ हजार २ सय १ मत ल्याइन्।
मौवाखोलामा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।