काठमाडौं– रसुवाको कालिका गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरीकृष्ण देवकोटा २ हजार ६२२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका कमल नाथ आचार्यले २ हजार २८३ मत ल्याए। यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत ल्याए।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा तामाङ २ हजार ८१० मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका भट्ट पौडेलले २ हजार २ मत प्राप्त गरिन्। उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका विष्णु प्रसाद देवकोटाले १ हजार ४० मत ल्याए।
५ वटा वडा रहेको गाउँपालिकाका ४ वटा वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ। एउटा वडामा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ।
नेपाली कांग्रेसले वडा नम्बर २, ३, ४ र ५ मा वडाध्यक्ष जितेको छ। यस्तै, वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।