काठमाडौं– रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादीका उम्मेदवारले जित हासिल गरेका हुन्। अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुकबहादुर बुढामगरले ३ हजार ३११ मत ल्याएर निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १२९ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कलादेवी खत्रेनी ३ हजार ३८७ मत ल्याएर निर्वाचित भएकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना रोका(घर्ती) मगरले २ हजार ३४८ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।