धनगढी– बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरी सिंह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका जस्वीर सिंह बोहराले १ हजार ७९८ मत ल्याए। उक्त पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम सिंह साउँदले १ हजार २६४ र नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर साउँदले १ हजार १३१ मत ल्याए।
गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी नेकपा एमालेकी उम्मेदवार धाना धामीले २ हजार ९३९ मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमित्रा ऐरले २ हजार ६९६ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।