काठमाडौं– डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै माओवादीका शाही अध्यक्षमा निर्वाचित भएका हुन्।
माओवादीका शाही १ हजार ४०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका लंकबहादुर रोकायाले १ हजार ३६७ मत प्राप्त गरे।
गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै दुदा रोकाया निर्वाचित भएकी छन्। उनले १ हजार ४५८ मत प्राप्त गरिन् भने नेकपा एमालेकी सविता कुमारी रोकायाले १ हजार २९८ मत प्राप्त गरेकी छन्।
९ वटा वडा रहेको गाउँपालिकाका ८ वडामा माओवादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन्। एउटा वडामा भने एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भए।
वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। वडा नम्बर ६ को वडाध्यक्षमा भने एमालेका उम्मेदवार विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।