धनगढी– अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेस उम्मेदवार अध्यक्षमा निर्वाचित भएका हुन्।
कांग्रेसका उम्मेदवार टेक बहादुर साउँद ३ हजार ११२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका लोक बहादुर साउँदले २ हजार ६१४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा भने एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेकी बिन्दु रावल २ हजार ७३१ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।