• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्रोएसिया : स्वतन्त्र राष्ट्र बनेको २७ वर्षमा विश्व फुटबलमा फड्को

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०७५  ०७:०४
1140x725

काठमाडौं- तत्कालीन युगोस्लाभियाबाट छुट्टिएर क्रोएसिया सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेको हो। सोही वर्षदेखि क्रोएसियाको फुटबल यात्रा सुरु भयो।

बोस्नियन द्वन्द्वका कारण युगोस्लाभियालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबलमा प्रतिबन्ध लगाएको थियो। जसको असर स्वतन्त्र भएपछि पनि क्रोएसियाले खेप्नुपर्‍यो। स्वतन्त्र भएको तीन वर्षपछि अमेरिकामा विश्वकप फुटबल आयोजना हुँदै थियो। तर, क्रोएसियाले उक्त प्रतियोगिताको छनोट खेलमा मौका पाएन। यद्पयि स्वतन्त्र भएको १ वर्षमै उसले फिफाबाट मान्यता पाएको थियो।

स्वतन्त्र भएको पाँच वर्षपछि क्रोएसियाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको थियो। सन् १९९६ को युरो कप खेल्दै क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबल मञ्चमा पाइला राखेको थियो। जहाँ क्रोएसियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

१९९८ मा फ्रान्समा भएको विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलको यात्रा तय गर्दै क्रोएसियाले सनसनी मच्चायो। तर, सेमिफाइनलमा आयोजक फ्रान्ससँग पराजित भयो। तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति देखायो। विश्वकपमा तेस्रो स्थान हात पारेपछि क्रोएसिया फिफा वरीयतामा १ सय २५‌औं स्थानबाट तेस्रो स्थानमा आइपुगेको थियो।

स्वतन्त्र भएको ७ वर्षमै विश्व फुटबलमा पहिचान स्थापित गरेको क्रोएसियाले तत्कालीन युगोस्लाभियाले फुटबलमा गरेको लागनीबाट फाइदा उठाएको थियो। युगोस्लाभियाले सन् १९४८ र १९५६ को ओलम्पिक खेलकुदमा दोस्रो स्थान हात पारेर विश्व फुटबलमा सशक्त उपस्थिति देखाएको थियो। १९६० को ओलम्पिकमा भने युगोस्लाभियाले स्वर्ण नै जित्यो।

सन् १९८७ को यू–२० फिफा विश्वकपको उपाधि जित्दै युगोस्लाभियाले फुटबल विकासमा लगानी गरेको साबित गरेको थियो। सन् १९९० को विश्वकपमा युगोस्लाभिया क्वार्टरफाइनलसम्म पुगेको थियो।

१९९१ मा युगोस्लाभिया टुक्रिएपछि उसको फुटबलको हिस्सा क्रोएसियाले पनि लियो। सन् १९८७ को यू–२० विश्व च्याम्पियन बन्दाको पाँच खेलाडी क्रोएसियाको राष्ट्रिय टिममा रहे। यस्तै, १९९० को विश्वकप खेलेका ४ खेलाडी पनि क्रोएसियाको राष्ट्रिय खेलाडी बने। जसका कारण क्रोएसियन टिम सशक्त बनेको थियो।


१९९८ को विश्वकपमा क्रोएसियाको टिम

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९८ को विश्वकपमा उत्कृष्ट खेलेको क्रोएसियाले त्यसपछिका २ विश्वकपमा भने खराब प्रदर्शन गर्‍यो। २००२ र २००६ को विश्वकपमा क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो। सन् २०१० को विश्वकपमा त छनोट हुन नै सकेन। सन् २०१४ को विश्वकपमा पनि क्रोएसियाका लागि बिर्सनलायक रह्यो। आयोजक ब्राजिल रहेको समूहमा परेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो। 

२०१८ को विश्वकप सुरु हुनुअघि पनि क्रोएसियाको अगाडि चुनौतीको पहाड थियो। समूहमा दक्षिण अमेरिकाको फुटबल शक्ति अर्जेन्टिना र अफ्रिकी महारथी नाइजेरिया थिए। अर्को नवप्रवेशी आइसल्यान्डले युरो कपमा राम्रो खेल्दै प्रभाव छाडेको थियो। 'ग्रुप अफ डेथ'मा परेको क्रोएसियाले राम्रो तयारी मात्र गरेन, खेलाडीलाई मनोवैज्ञानिक रुपमा दरिलो पनि पार्‍यो। प्रशिक्षक जेटलाट्को डालिकले टिमको मिडफिल्डमा रहेका स्टार खेलाडीबाट फाइदा उठाउने रणनीति बनाए। जसमा उनी सफल भए। समूह चरणमा प्रभावशाली खेल पस्कँदै क्रोएसियाले तीन खेलमै जित निकाल्यो। 

क्रोएसियाले जारी विश्वकपको पहिलो खेलमा नाइजेरियालाई २–० गोलले पराजित गर्दै सानदार सुरुवात गर्‍यो। दोस्रो खेलमा अर्जेन्टिनामाथि ३–० को जित हात पारेपछि उसले प्रशंसा पाउन थालेको थियो। समूहमा उत्कृष्ट प्रदर्शनपछि क्रोएसियाले १९९८ मा जस्तै सनसनी मच्चाउने आकलन गर्न थालियो। अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले समूह विजेता बनेर नकआउट चरणमा स्थान पक्का गर्‍यो। 

अन्तिम १६ मा डेनमार्क विरुद्ध क्रोएसियाले संघर्षपूर्ण जित हात पार्योम। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि क्रोएसियाले पेनाल्टी सुटआउटमा जित हात पारेको थियो। सो खेलमा क्रोएसियाका गोलकिपर सुवासिकले ३ वटा पेनाल्टी रोकेका थिए। 

क्वार्टरफाइनलमा पनि क्रोएसियाले पेनाल्टी सुटआउटकै सहारा लियो। निर्धारित र थप गरिएको खेल २–२ को बराबरीमा सकिएको खेलमा क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनायो। यो खेलमा पनि गोलकिपर सुवासिकले १ पेनाल्टी रोकेका थिए। 

सेमिफाइनलमा पुग्ने क्रममा क्रोएसियाले डिफेन्स र फरवार्ड लाइनमा निरन्तर सुधार ल्याएको थियो। मिडफिल्डरद्वय लुका मोड्रिक र इभान राकिटिक क्रोएसियनले टिमलाई निरन्तर ऊर्जा दिएका थिए। स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्ने दुईको तालमेल निकै मिलेको छ। दुवैले टिमका अन्य खेलाडीलाई ड्रेसिङ रुपमा समेत आत्मबल बढाउने काम गरिरहेका छन्। यी दुईलाई अन्य खेलाडीले पनि राम्रो साथ दिएका छन्। 

इन्टर मिलानका मार्सेलो ब्रोजोभिक, रियल म्याड्रिडका मटेओ कोभाकिक, फ्लोरेन्टिनाका मिलान बडेल लगायतको संयोजनले क्रोएसियाको मिडफिल्ड उत्कृष्ट बनेको छ। यस्तै, मिडफिल्डर पेरिसिक र स्ट्राइकर मारियो मान्जुकिकले क्रोएसियालाई अघि बढाउन मिहिनेत गरे। 

पेरिसिक र मान्जुकिककै योगदानबाट क्रोएसियाले बुधबार राति ऐतिहासिक सफलता हात पार्‍यो। बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेर विश्वकपमा पहिलो पटक फाइनलमा स्थान बनाएर इतिहास रच्यो। 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो। ३० मिनेट थप गरिएको समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे। 

खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो। केइरन ट्रिपियरले डि-बक्स नजिकै पाएको फ्रिकिकमा लोभलाग्दो गोल गरेपछि इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो। क्रोएसियाले ६८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। इभान पेरिसिकले इंग्ल्यान्डका डिफेन्डर केल वाल्करलाई बिट गरेर बराबरी गोल फर्काउन सफल भएका थिए।  

विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश बनेको छ। यसअघि १९३० मा उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो। क्रोएसियाको जनसंख्या ४२ लाख छ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम हो। क्रोएसिया हाल फिफा वरीयतामा २०औं स्थानमा छ। 

फाइनलमा पहिलो पटक स्थान बनाएसँगै क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं देश बन्यो। युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो। फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्।

आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम बन्दै नयाँ च्याम्पियन बन्नेछ र विश्व फुटबलमा सुनौलो इतिहास कोर्नेछ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्