काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ती वडामा वडाध्यक्षसहित वडा सदस्यहरुमा पनि कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्।
आइतबार सम्पन्न मतगणनामा वडा नम्बर १ मा कांग्रेसका हिरालाल महर्नन विजयी भए। उनले ७७८ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका हर्ष महर्जने ५८२ मत ल्याए।
यस्तै, वडा नम्बर २ मा कांग्रेसका रुपेश महर्जनको प्यानल नै विजयी भएको छ। उनले ८८६ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका रमेशमान डंगोलले ६९७ मत ल्याए।
वडा नम्बर ३ मा कांग्रेसका सुविन्द्र महर्जनको प्यानल नै विजयी भएको छ। उनले ९८८ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत ल्याए।
अहिले वडा नम्बर ४ को मतगणना जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।