सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर १३ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवारलाई ६१ मतले पराजित गर्दै माओवादीका दिपक खड्का वडाध्यक्षमा विजयी भएका हुन्। विजयी खड्काले ९५४ मत ल्याए भने कांग्रेसका बिबिसिङ तामाङले ८९३ मत ल्याए।
उक्त वडामा नेकपा एमालेका उम्मेदवार सान्तिमान कार्कीले ४५८ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।