काठमाडौं– स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन्। उनी दोस्रोपटक गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।
उनले नेपाली कांग्रेसका उम्मेदबार टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरे। एमालेका मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन्। नेकपा माओवादी केन्द्रकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन्। रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।