काठमाडौं– बाजुराको स्वामीकार्तिक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर रोकया विजयी भएका छन्। उनले २०९१ मतसहित जित हात पारेका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका चतुरभुज शाहीले १७५७ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी विजयी भएकी छन। उनले १८१० मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी नेकपा एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १६३७ मत प्राप्त गरिन्।
कुन वडामा कसले जिते?
१. अजयकुमार बिक/माओवादी ४७५
२, विष्णुबहादुर बुढा/नेपाली कांग्रेस ३५८
३. प्रेमबहादुर कटुवाल/नेकपा एमाले ४७७
४. सिंह धामी/नेपाली काँग्रेस ४७८
५. अमरबहादुर सिंह/ नेपाली कांग्रेस २२४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।