काठमाडौं– उद्योगमन्त्री दिलेन्द्र बडुको जिल्ला दार्चुलाको महाकाली नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। साे नगरको प्रमुखमा एमालेका नरसिंह चैसिरले ५ हजार ३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरे। भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए।
यस्तै, उपप्रमुखमा एमालेकी दुर्गा विष्टले जित हासिल गरेका छन्। उनले ४ हजार ६ सय २६ मत प्राप्त गरिन। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गरिन्।
९ वटा रहेको नगरपालिकामा १, २, ४, ७ र ८ नम्बर वडामा प्यानलसहित नेकपा एमाले जित हासिल गरेको छ भने वडानम्बर ५ मा वडाअध्यक्ष सहित ४ जना निर्वाचित भएका छन्।
बाँकी रहेका ३,६ र ९ वडामा नेपाली कांग्रेसले प्यानलसहित जित हासिल गरेको छ।
उक्त नगरपालिकामा नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनमोर्चा मिलेर चुनाव लडेका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।