धनगढी– दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार दलजीत सिंह धामी ३ हजार ७८३ मत ल्याएर अध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम सिंह धामीद्ये ३ हजार २७७ मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका जगत सिंह ठगुन्ना ३ हजार ९५६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरादेवी ठगुन्नाले २ हजार ९५२ मत ल्याइन्।
९ वडा रहेको नौगाड गाउँपालिकामा माओवादी केन्द्रले २, नेकपा एमालेले ३ र नेपाली कांग्रेसले १ वडाको वडाध्यक्ष जितेका छन्।
माओवादी केन्द्रले वडा नम्बर ३ र ६ को वडाध्यक्ष जितेको छ भने एमालेले वडा नम्बर २, ४ र ५ को वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले वडा नम्बर १ को वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।