काठमाडौं– काठमाडौं महानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्।
उनले हालसम्म २८ सय ८४ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ सय २३ मत पाएका छन्।
त्यस्तै, राप्रपाकी उमपेयरको उम्मेदवार विनिता मगैयाले ६७० र साझा विवेकशीलकी कृति कंसारकाले २२९ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।