काठमाडौं– दाङको बबई गाउँपालिका– ३ मा नेकपा एमालेका उम्मेदवार मानबहादुर केसी विजयी भएका छन्।
प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नेबबहादुर खड्कालाई पराजित गर्दै केसी वडाध्यक्षमा विजयी भएका हुन्। केसीले ६५९ मत ल्याउँदा खड्काले ५८८ मत ल्याए। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जयलाल वलीले ३४१ मत ल्याएका छन्।
यता, पुरुष खुला सदस्यमा एमालेकै खड्क बहादुर राना र इन्द्र बहादुर खाम्चा विजयी भएका छन् भने महिला सदस्यमा नेपाली कांग्रेसकी उमादेवी घर्ती र दलित महिला सदस्यमा खिमा विक विजयी भएकी छिन्।
बबई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेपाली कांग्रेसका कुलबहादुर खत्री र बमकुकारी खड्काको अग्रता छ।
कांग्रेसलाई प्रमुखमा नेकपा एमालेका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल र उपप्रमुखमा एमालेकै निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्माले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।