काठमाडौं– स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। यतिञ्जेल ३२ पालिकाको नेतृत्व टुंगो लागिसकेको छ।
यसैबीच, खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राईले जित निकालेकी छन्। यस निर्वाचनमा निर्वाचित हुने उनी पहिलो महिला अध्यक्ष हुन्।
सो गाउँपालिकाको अन्तिम मतगणना यसप्रकार छः
अरुणा देवी राई/माओवादी केन्द्र- २८८१ (निर्वाचित)
शंखरबहादुर राई/एमाले- २५७५
उपाध्यक्षमा कांग्रेसले जित निकालेको छः
खेमबहादुर खड्का/कांग्रेस- २८०५
विमला राई/एमाले- २४९५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।