काठमाडौं– मकवानपुरमा शनिवारदेखि जारी मतगणनामा आइतबारसम्म २२ वटा वडाका वडाध्यक्ष निर्वाचित भएका छन्।
हालसम्म १० स्थानीय तहका १०२ वडामध्ये २२ वडाका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसले १० वटा वडामा जित हासिल गरेको छ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)ले सात र नेकपा (एमाले)ले पाँच वडामा जित हासिल गरेको वताइएको छ। कांग्रेसका तर्फबाट भीमफेदी गाउँपालिका–१ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका–१ मा तेजवहादुर बलोन, कैलाश गाउँपालिका–२ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी–१ मा शिवप्रसाद ढकाल, मकवानपुरगढी गाउँपालिका–१ मा आइत सिंह, मकवानपुरगढी–८मा कुमार घिसिङ, इन्द्रसरोवर गाउँपालिका–१मा सुभाष थापा, इन्द्रसरोवर गाउँपालिका–२ मा सुमन श्रेष्ठ, वकैयागाउँपालिका–१ मा गोपालवहादुर नेसुर र राक्सिराङ् गाउँपालिका–२ मा वुद्दराम मोक्तान बिजयी भएका हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, सोही नगरपालिकाको–२ मा बमवहादुर सिंतान, वकैया गाउँपालिका–१ मा आशिष तितुङ, वकैया गाउँपालिका–२ मा विश्वराज स्याङ्तान, मनहरी गाउँपालिका–२ मा रामकुमारी पाख्रिन, वाग्मती गाउँपालिका–१ मा यहुन्ना राई, भीमफेदी गाउँपालिका–३ मा पृतिलाल लामा निर्वाचित भएका छन्।
यसैगरी, एमालेका तर्फबाट भीमफेदी गाउँपालिका–२ मा काशीराम बज्यु, सोही गाउँपालिकाको–४ मा सागर पाण्डे, कैलाश गाउँपालिका–१० मा सूर्यवहादुर व्लोन, राक्सिराङ गाउँपालिका–१ मा वावीराम मोक्तान र भीमफेदी गाउँपालिका–५ मा जाहारसिहं लामा विजयी भएको बताइएको छ। अन्य मतदानस्थलको मतगणना जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।