काठमाडौं– पोखरा महानगरमा ३ हजार मत गणना गर्दा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीबाट मेयर पदको उम्मेदवार रहेका धनराज आचार्यको अग्रता कायमै रहेको छन्।
उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई पछि पारेका छन्। हालसम्म आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् भने थापाले १ हजार ४० मत प्राप्त गरेका छन्।
आचार्य ६१ मतले मात्र अग्रता कायम गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसले लिड गरेको छ। नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ हजार २ सय ४० मत ल्याएकी छन् भने एमालेको मञ्जु गुरुङले १ हजार १ सय ६५ मत पाएकी छन्।
उक्त महानगर २०७४ सालमा नेकपा एमालेले जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।